बिहीबार, भदौ ४, २०८३

मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश जारी

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गरेका हुन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश सिफारिस गरेको  थियो। जारी अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ।

सरकारले यसअघि १९ चैतमा आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्रयाकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता गरेको थियो।

मिटरब्याज पीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरेको छ।
 

प्रकाशित: May 03, 2023| 15:46 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्