काठमाडौं- नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा पूर्वगृहमन्त्रीसमेत रहेका एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।
यसअघि काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध यही प्रकरणमा पक्राउ पुर्जी जारी गरेको थियो।
रकम असुली गरी नेपालीलाई शरणार्थी बनाउने र विदेश पठाउने काममा संलग्न भएको आरोप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो।