घरमा ट्रक ठोक्किँदा तनहुँमा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो।
दुर्घटनामा ८ जना घाइते भएकोमा चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन्।
५ जना घाइतेको उपचार भइरहेको छ। घाइतेहरुमा आयुसा भुजेल, जस्मिन भुजेल, ईश्वर भुजेल, समिर भुजेल र सन्तोष भुजेल रहेका छन्। दुर्घटनाको विषयलाई लिएर स्थानीयले राजमार्ग बन्द पनि गरेका थिए।