बिहीबार, भदौ ४, २०८३

ट्रकले ठक्कर दिँदा ११ जना घाइते

तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ११ जना घाइते भएपछि पृथ्वी राजमार्ग अवरुद्ध।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ। आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट ११ जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो।

डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट सडक छेउ बसेका विद्यार्थी र घरमा रहेकासमेत गरी ११ जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेको बन्दीपुर गाउँपालिका–५ का वडाध्यक्ष धु्रवप्रसाद लामिछानेले जानकारी दिए।

स्थानीयले ट्रकसमेत तोडफोड गरेको छन्। घटनास्थलमा ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। घाइते सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

ट्रकको ठक्करबाट घरमा क्षति भएको छ भने विद्यालय जान बस कुरिरहेका विद्यार्थीसमेत घाइते भएको स्थानीयसमेत रहेका नेपाल पत्रकार महासंघ तनहुँका उपाध्यक्ष डिपी अधिकारीको भनाइ छ। ‘घुम्तीमा एक्कासि ट्रकले आएर ठक्कर दिँदा विद्यालय जान कुरिरहेका विद्यार्थी र अन्य केही स्थानीय घाइते भएका छन्’, अधिकारीले भने।

ठक्करबाट १० वर्षीया जस्मी भुजेल, ७ वर्षीय सानुभाइ भुजेल, ३५ वर्षीया शान्ता भुजेल, ४१ वर्षीय चेतबहादुर घर्ती, ७० वर्षीय सनबहादुर भुजेल, ११ वर्षीया आयुष भुजेल, ७ वर्षीया आयुषा भुजेल, १० वर्षीय ईश्वर भुजेल, ८ वर्षीय घैटे भुजेल, २६ वर्षीया सवि भुजेल र ३३ वर्षीया सुनमाया भुजेल घाइते भएका छन्।

प्रकाशित: May 03, 2023| 14:14 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्