बिहीबार, भदौ ४, २०८३

नेपाल सरकारका सचिव पाण्डे पक्राउ

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ। प्रहरीले आज नै उनलाई पक्राउ गर्न अदालतबाट अनुमित लिएको थियो।

गत वर्ष उनी गृह मन्त्रालयमा सचिव थिए। मन्त्रालयको सचिव भएकै अवस्थामा नक्कली शरणार्थी प्रकरण र गिरोहसँगको साँठगाठमा उनी मुछिएका थिए। 

यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेका छन्। यसअघि प्रहरीले यस विषयमा सागर राई, केशव दुलाल र सानु भण्डारीलाई पनि पक्राउ गरिसकेको छ। 

उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको पाइएको छ। 
 

प्रकाशित: May 03, 2023| 13:42 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्