बिहीबार, भदौ ४, २०८३

गुल्मीमा २ हजार हेक्टर वन डढेलोले सखाप

गत वर्षको चैत र यस वर्ष वैशाखमा गुल्मीका विभिन्न ८९ ठाउँमा लाग्यो डढेलो।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

गुल्मी– गुल्मीका सामुदायिक वनको २ हजार हेक्टरमा डढेलो लागेको डिभिजन वन कार्यालयले विवरण सार्वजनिक गरेको छ। गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको हो।

डढेलोबाट साना बिरुवा, पातपतिंगर, चराचुरुंगी एवं विभिन्न जडीबुटी पूर्ण रूपमा नष्ट भएका छन्। ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्।

डढेलोबाट कतिपय जंगली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन्। सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा ७०९ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताइन्।

डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ। धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ।

वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ।

प्रकाशित: May 03, 2023| 12:47 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्