शनिबार, जेठ २, २०८३

एकै दिन प्रतितोला १ हजार ८०० ले बढ्यो सुनको मूल्य

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८०० ले बढेर १ लाख १० हजार ६०० मा कारोबार भएको हो। 
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले विवरण सार्वजनिक गरेको छ।

National life

अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ८ हजार ८०० मा कारोबार भएको सुन आज प्रतितोला १ हजार ८०० ले बढेको हो।

महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० छ। यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ३०० थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० ले बढेर १ हजार ४२५ पुगेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा नेपाली बजारमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ।

प्रकाशित: May 03, 2023| 12:13 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्