शनिबार, जेठ २, २०८३

महासंघमा बन्यो उच्चस्तरीय विज्ञ समूह

महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।
 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ।

National life

अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्व संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको हो।

उक्त समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदद्वय केशव आचार्य र डा. कल्पना खनाल रहेका छन्। 

विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघ सचिवालयमा बस्यो। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुुझावलाई प्रभावकारी रुपमा सरकारसमक्ष पेस गर्न थप सहयोग पुुग्ने विश्वास अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे।

पहिलो बैठकमा वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्दीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्नेमा जोड दिइएको छ।

प्रकाशित: May 03, 2023| 11:01 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्