बिहीबार, भदौ ४, २०८३

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

खोटाङ- खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन्। 
गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले प्रतियोगिता आयोजना गरेको हो।

जिल्लाका १० वटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मंगलवार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट ३–३ प्रतिभा छनोट गरिएका थिए। गायनतर्फ जुनु राई द्वितीय र राइसर राई तृतीय भएका आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए।

नृत्यतर्फ सुजता भुजेल द्वितीय र स्मारिका राई तृतीय भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँका साथै प्रमाणपत्र प्रदान गरिएको छ।
विजेता तथा सहभागीलाई आयोजक संस्थाका अध्यक्ष राई, साकेला गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले पुरस्कार प्रदान गरेका छन्।

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सुसंस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ नारासहित जिल्लाका १० वटै स्थानीय तहमा प्रतिभा छनोट कार्यक्रम गरिएको हो। स्थानीय तहबाट छनोट भएका  प्रतिभालाई जिल्लाव्यापी प्रतियोगितामा सहभागी गराएर ‘खोटाङ प्रतिभा–२०८०’ छनोट गरिने आयोजकले जनाएको छ।

प्रकाशित: May 03, 2023| 09:00 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्