काठमाडौं- पछिल्लो समय नेपाली फिल्म उद्योगले नयाँ आयाम लिएको छ। प्रविधिक, सांगितिक, कथाकथनदेखि अभिनयमा पनि सकारात्मक परिवर्तन देखिएको छ। केही दशकअघि सुस्ताएको नेपाली फिल्म उद्योग र दर्शकको नेपाली फिल्मप्रतिको दृष्टिकोणमा परिवर्तन भएको छ ।
यस्तै, नेपाली फिल्ममा नव अभिनेत्री विशेषतः प्रवासी अभिनेत्रीहरूको प्रवेश पनि उल्लेख्य मात्रामा देखिन थालेको छ।
जसिता गुरूङ अहिलेकी ‘मस्ट वान्टेड एनआरएन एक्ट्रेस’मा पर्छिन्। उनले सृष्टि श्रेष्ठलाई पनि उछिनेकी छन्। यो प्रकारको ट्रेन्डले पनि फिल्म क्षेत्रलाई सकारात्मक उर्जा प्रदान गरेको छ।
बलिउडमा थुपै्र यस्ता अभिनेत्रीहरू छन्, जो भारतीय मुलका नभए पनि बलिउडमा राम्रै प्रभाव जमाएका छन। श्रीलंकी ज्याक्लिन फन्र्नान्डेजले बलिउडमा राम्रै पकड बनाएकी छिन्। क्यानेडियन नागरिक पोर्न स्टार सन्नी लियोनीले बलिउडको उद्योगलाई अर्को दिशा दिएकी छिन्। कट्रिना कैफ, तामिल तथा बलिउडमा फिल्म गरिसकेकी अमी ज्याकसन यी दुवै ब्रिटिस हुन्। रकस्टार हिरोइन नागरिस फखारी पनि अमेरिकी नागरिक हुन्।
यस्तै प्रवृति कलिउडमा पनि देखिन थालेको छ। प्राय, विभिन्न देशलाई जन्मथलो र कर्मभूमी बनाएर बसेको नेपाली मुलका नायिकाहरू बाहिरै मोडलिङ गरेरै सिनेमा क्षेत्रतर्फ इन्ट्री गर्ने क्रम बढ्दो छ। यो नियोजित रूपमा हुन्छ वा अन्जान मै त्यो भने छुट्याउन गाह्रो नै छ।
यही परिधिमा पर्छन्- जसिता गुरूङ, सृष्टि श्रेष्ठ, माला लिम्बु, दिया पुन, जो नेपाली फिलममा उदयमान अभिनेत्रीको सूचीमा छन्।
डेब्यु फिल्मबाटै चर्चामा आएकी जसिता गुरूङ, सृष्टि श्रेष्ठ युकेका बासिन्दा हुन्। ‘काले दाइ’ बोलको गीतबाट हिट भएकी माला लिम्बु र विर विक्रमकी अभिनेत्री दिया पुनको भने जन्म नै प्रवासमा भएको थियो।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले कुनै बेला आफ्नो नायिका हुने इच्छा नरहेको र सामाजिक गतिविधि मै संलग्न हुने इच्छा प्रकट गरेकी थिइन्। तर उनी पुन ः फिल्म क्षेत्रमा आफ्नो नाम स्थपित गराउन चाहन्छिन्।
यस्ता केही एनआरएन अभिनेत्री जो नेपाली फिल्मी क्षेत्रमा आफूलाई स्थापित गराउन चाहन्छन् ः
सृष्टी श्रेष्ठ पूर्व मिस नेपाल समेत रहेकी सृष्टी श्रेष्ठले हालसम्म तीन वटा फिल्ममा अभिनय गरेकी छन् । ‘गाँजलु’बाट डेब्यु गरेकी उनले ‘रोमियो एन्ड मुना’ र ‘बाँध मायाले’ फिल्ममा अभिनय गरेकी हुन्। डेब्यु फिल्म गाँजलुले उनका लागि सफल भए पनि बाँकी दुई फिल्मले उनलाई खासै चलचित्र क्षेत्रमा जमाउन सकेन।
वि.स. २०४६ कात्र्तिक २ गते चितवनको नारायणघाटमा जन्मिएकी सुष्टीको हाल बसोबास भने युकेमा छ।
प्लस टु पछि सृष्टी परिवारसँगै युके गएकी थिइन्। उनले बि.एस.सी नर्सिङको अध्ययन पनि त्यहीबाटै गरीन््। त्यस पछि मोडलिङमा प्रवेश गरेकी सृष्टिले हिन्दी फिल्म ‘कही जो बादल बर्षे’ मा मोडलिङ गरेकी थिइन्। त्यस पछि उनी नेपाली भिडियोमा देखा परेकी हुन् ।
सन् २०१२ को मिस नेपालको ताज चुमेकी सृष्टी २०१२ मै चीनमा सम्पन्न मिस वल्र्डको क्वाटरफाइनसम्म पुग्न सफल भएकी थिइन्।
फिल्मी क्षेत्रमा ठीकै प्रभाव भए पनि एनआरएन नायिकामा भनेको उनको उच्च स्थान छ ।
आशिका तामाङ हाल खसिनी उपनाम पाएकी आशिका तामाङ नेपाली एनआरएन अभिनेत्री मध्य पर्छिन्। उनी आफ्नो परिवारसँगै जर्मनीमा बस्दै आएकी छन । थुप्रै फिल्म गरे पनि खासै चर्चामा नआएकी आशिकाले आफ्नैै ब्यानरमा बनेको ‘सुश्री’ फिल्ममा अभिनय गरेकी छन्। जुन हलमा चले–नचलेको दर्शकले पत्त्तै पाएनन् ।
उनको नाम भुवन केसीसँग पनि केही समय जोडिएको थियो। ‘सुश्री’ को निमार्ण पछि उनीे हालसम्म कुनै फिल्मी पर्दामा देखिएकी छैन्न्। जर्मनीमा नर्सिङ र मोडलिङ दुवैलाई एकसाथ अघि बढाइरहेकी छिन्।
उनको पहिलो म्युजिक भिडियो भने ‘तिम्रो मुस्कानमा’ हो । सन् १९९२ मा जन्मिएकी आशिकाको ‘लुक र लिप्स’ भने एन्जोलिना जोलीको जस्तै देखिने भन्दै नेपाली एन्जोलिना पनि भनिन्छ।
जसिता गुरूङ लिली विल्लीबाट डेब्यु गरेकी जसिता गुरूङ अहिले धेरै निर्देशकको रोजाइमा परेकी छन् । पहिलो फिल्मबाटै राम्रो प्रतिक्रिया पाएकी उनी हाल दोस्रो फिल्म लभ स्टेसनको सुटिङमा व्यस्त छिन्।
वि.स्. २०५१ साल ८ साउनमा पोखराको कास्कीमा जन्मेकी जसिता प्रवेशिका परिक्षापछि युकेमा पुगेकी थिइन्। उतैबाट जसिताले मोडलिङमा प्रवेश गरेकी थिइन्।
एक मात्र फिल्म गरेको भए पनि उनलाई दर्शक, निर्देशक तथा निर्माताको रोजाइमा पर्ने अभिनेत्री हुन्।
लिली विल्लीपछि उनी पुन लन्डन फर्केकी थिइन । जसिता नेपाल आएको मौकामा लभ स्टेशनको फिल्मको छायंकनमा देखिएकी हुन् ।
दिया पुन ‘वीर विक्रम’ मार्फत डेब्यु गरेकी दिया पुन पनि प्रवासी नायिका कै सुचीमा पर्छिन। सामान्य गाँउले भूमीकामा देखिने दियाले निकै सशक्त अभिनय गरेकी छन्।
उनको जन्म हंकगङमा भएको थियो। नौ वर्षको हुँदा उनको परिवार युकेमा सरेको थियो। जन्म प्रवास मै भएको भए पनि उनको अभिनयमा भने नेपालीपन पूर्ण रूपमै झल्किन्छ। वीर विक्रममा उनको सामान्य गाउँकी चेलीको भूमीका दर्शकले निकै मन पराएका थिए।
उनी बेलायतमा पनि ‘कर्मसियल मोडल’ नै हुन्। ‘स्यान्डा रेनोल्डस मोडलिङग’ एजेन्सीमा आवद्ध दिया युकेबाटै मोडलिङ करिअर शुुरू गरेकी हुन्। उनको दोस्रो फिल्म मिस्टर झोले हो ।
माला लिम्बु‘पर्व’ फिल्ममा ‘काले दाई’ बोलको गीतमा गरेको हट नृत्यले उनलाई नेपाली फिल्ममा चिनाएको थिया । सन् २०१७ मै, उनले अर्को फिल्म ‘रातो घर’ मा अभिनय गरेकी हुन् ।
सन् १९९० मा सिंङगापुर मै जन्मिएकी मालाले २० वर्ष सिङगापुर मै बिताइन्। उनलाई अझै पनि नेपाली भाषा बोल्नलाई केही समस्या हुन्छ।
‘काले दाइ’ बाट चर्चामा आएकी माला लिम्बुले त्यस बाहेक धेरै म्युजिक भिडियोमासमेत अभिनय गरेकी छन्। माला आर्कषक ‘बडी फिगर’को लागि निकै चर्चित छिन्। उनको प्रेम सम्बन्ध दिवस तामाङ श्रेष्ठसँग रहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा छ।
मिरूना मगरलालपुर्जा फिल्ममार्फत डेब्यु गरेकी मिरूना मगर पनि एनआरएन अभिनेत्री मध्ये पर्छिन्। उनी लन्डनमा बस्छिन्। लालपुर्जाबाट डेब्यु गरेकी मिरूनाको पछिल्लो फिल्म रोज हो। जसमा उनी वकिलको भूमीकामा देखिएकी छन्।
यस बाहेक उनले लाहुरे फिल्ममा पनि अभिनय गरेकी छिन्। मिरुना र जसिता गुरूङ वेस्ट फ्रेन्ड हुन्। मोडलिङ र नृत्यमा शौखिन उनले धरानबाट आफ्नो स्कुलिङ गरेकी थिइन्।
सन् २००८ मा उनको परिवार युके गएपछि मिरुनापनि उतै बस्न थालिन। उनले धेरै ‘सट मुभिज’ पनि गरेकी छन् ।
प्राप्ति घिमिरेनेपाली चलचित्र काठमाडौँबाट डेब्यु गरेकी प्राप्तिलाई नेपाली दर्शकले खासै चिनेका छैनन्। तर, जतिले चिनेका छन्, उनको अभिनयको खुलेर प्रशंसा गर्ने गर्छन। उनले काठमाडौँमा दुव्र्यसनीमा लागेको खराब केटीको भूमीका निभाएकी छन ।
सन् २०१४ को नेफ्टा अवार्डमा काठमाडौँ चलचित्रमार्फत उत्कृष्ट नव– अभिनेत्री अवार्ड पनि हात पारेकी थिइन्। भक्तपुरको कटुन्जेमा सन् १९९१ सेप्टेम्बर ४ मा जन्मिएकी प्राप्ति घिमि हाले पढाइमा केन्द्रित भएको बताउँछिन्। उनले भनिन्, ‘पढाई पछि मात्र फिल्मी क्षेत्रमा ध्यान दिन्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४