बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आजको मौसम:  देशभर आंशिक देखि सामान्य बदली, पहाडी भू-भागमा वर्षाको सम्भावना

आजको मौसम:  देशभर आंशिक देखि सामान्य बदली, पहाडी भू-भागमा वर्षाको सम्भावना

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

काठमाडौं- हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।  गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागमा  चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का  देखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित: May 03, 2023| 06:19 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्