बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सप्तरीको कञ्चनपुरमा आगलागीबाट ७ परिवारको ४४ लाख बराबरको धनमाल क्षति

सप्तरीको कञ्चनपुरमा आगलागीबाट ७ परिवारको ४४ लाख बराबरको धनमाल क्षति

 |  बुधबार, वैशाख २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २०, २०८०

सप्तरी- सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा आज आगलागी हुँदा सात परिवारको  ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ।

स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हुँदा सँगै टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको र उक्त आगो फैलिई निजका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र निजका सानो भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जली क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको रु ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले  जनाएको छ। स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।  

आगलागी पीडित परिवारलाई राहत

यसैबीच दलित सरोकार मञ्च नेपालले बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई आज राहतमा खाद्यान्न र ब्लयाङ्केट वितरण गरेको छ।

मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान, कञ्चनरुप– १ का वडाध्यक्ष रब्बान खान, कार्यपालिका सदस्यद्वय शोभा पासवान र सुरेश पंजियार, वडा सदस्य दुर्गानन्द यादव, कलिम शेख र संयुक्त दलित सङ्घर्ष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितिमा प्रतिपरिवार २५ किलो चामल, २० किलो गहुँको आटा, एक केजी दाल, एक केजी चिनी, एक लिटर तेल र चार वटा साबुन र एक/एक थान ब्लयाङ्केट वितरण गरिएको हो।
आगलागी पीडितको अवस्था बुझ्न प्रतिनिधिसभाका सांसद नवलकिशोर साह आगलागी भएको स्थलमा पुगेका थिए। 
 

प्रकाशित: May 03, 2023| 06:15 बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्