काठमाडौं- चितवनका व्यवसायी शंकर कँडेल मृत भेटिएका छन्।
भरतपुर महानगरपालिका- ३ बेलचोकस्थित आफ्नै घरमा रहेको अफिस कोठामा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनले अनमोल फिड्स उद्योग सञ्चालन गरिरहेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।