काठमाडौं- दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ भोमिनमा हिमपहिरो जाँदा पाँच जना पुरिएका छन्।
१२ जनामध्ये सात जना सकुशल रहेको दार्चुला सितापुल प्रहरी चौकीले जनाएको छ। पहिरोमा पुरिएकामा चार महिला र एक पुरुष छन्।
पुरिएकाहरुको उद्धार जारी छ। पुरिनेमा तीन जना कैलालीको बुडर र दुई जना दुहु गाउँपालिका पोक्सेका रहेका छन्। सँगै रहेका दुई जना सामान्य घाइते अवस्थामा उद्धार गरिएको प्रहरी जनाएको छ।