शनिबार, पुस ५, २०८२

पाकिस्तानमा सात जना आतङ्कवादी पक्राउ

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

इस्लामावाद- पाकिस्तानी सेनाले आतङ्कवादीविरुद्ध उत्तरपश्चिमी पाकिस्तानको वजिरिस्तानमा गरेको खोजतलासको कारबाहीमा सात जना पक्राउ परेका छन्।

National life

गुप्तचर सूचनामा आधारित खोजतलासका क्रममा सेनाले उत्तरी वजिरिस्तानको मिरान शाह क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको पाकिस्तानी सेनाको सञ्चार विभाग (आइएसपिआर)ले जनाएको छ। आतङ्वादी समूह ताहरिक ए तालिवान पाकिस्तानका कमाण्डर लालालगायत पक्राउ परेका आइएसपिआरको विज्ञप्तिमा जनाइएको छ।

सुरक्षा फौज र सर्वसाधारणलाई लक्षित गरेर उक्त समूहले धेरै स्थानमा आतङ्कवादी गतिविधि सञ्चालन गर्दै आएको थियो। सुरक्षा निकायले उक्त समूहका सदस्यलाई खोजीको सूचीमा राखेर लामो समयदेखि खोजतलास गर्दै आएको थियो।

सोमबार आतङ्कवादी पक्राउ परेकामा सुरक्षा बलको सराहना गर्दै स्थानीय बासिन्दाले देशबाट आतङ्कवादलाई परास्त गर्न सेनालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।   -सिन्ह्वा

प्रकाशित: May 02, 2023| 19:25 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्