बिहीबार, भदौ ४, २०८३

मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ।

फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले आज प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाउनुभयो। पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा आवेदन फाराम भरी व्यक्ति स्वयंले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ। 

फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र २०७९ सालदेखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज परिवर्तन र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्ति वा संस्थालाई दुई वटा राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ।

दुवै पुरस्कार नेकपा (एमाले)का तत्कालीन महासविच एवं जननेता मदनकुमार भण्डारीको ७२ औँ जन्मजयन्तीका अवसरमा आगामी असार १४ गते प्रदान गरिनेछ।
 

प्रकाशित: May 02, 2023| 19:20 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्