बिहीबार, भदौ ४, २०८३

जमुनाह नाका ७२ घण्टा बन्द रहने

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

बाँके- नेपाल–भारत सीमास्थित जमुनाह नाका आज रातिदेखि बन्द हुने भएको छ। भारत उत्तर प्रदेशको बहराइच जिल्लामा हुने गाउँ पञ्चायत निर्वाचनका कारण आज रातिदेखि ७२ घण्टासम्म जमुनाह नाका बन्द हुन लागेको हो।

आगामी २१ वैशाखमा भारत, उत्तर प्रदेशमा गाउँ पञ्चायत निर्वाचन हुदैँछ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज राति१२ बजेदेखि २१ वैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत पुर्णरुपमा बन्द हुनेछ। 

सोमवार निर्वाचनको सुरक्षा प्रयोजनका लागि ७२ घण्टाका लागि सीमा नाका बन्द गर्ने विषयमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको थियो।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न दुवै पक्ष सहमत भएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए। 

प्रकाशित: May 02, 2023| 22:02 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्