बझाङमा यार्सागुम्बा संकलन गर्न गएकी एक महिला बेपत्ता भएकी छन्। जिल्लाको सुर्मा गाउँपालिका–१ देवडी घर भएकी ३३ वर्षीया झलनादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी हुन्।
उनी सुर्मा गाउँपालिकाको पार्थी हिमालको वनमा यार्सा संकलन गर्न गएको समय बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार राति हिमपहिरो खस्न थालेपछि भाग्ने क्रममा उनी बेपत्ता भएको बताइएको छ।
उनको साथमा रहेका दुई वटा छोरा भने सकुसल घर पुगेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ।