बिहीबार, भदौ ४, २०८३

यातायातका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारास्थित सवारीचालक अनुमतिपत्र कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मसान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रूपैयाँको स्रोत नखुलेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

उपसचिव भट्टराइको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको आयोगले जनाएको छ।

अवैध आर्जनको सम्पत्ति पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराई र आमा इन्दिरा भट्टराईको नाममा राखिएको सम्पत्ति जफत गर्न माग गरिएको छ।
 

प्रकाशित: May 02, 2023| 17:50 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्