सोमबार, जेठ १८, २०८३

इटहरीका मेयरले कार्यालयमा नै थुने सेवाग्राही

प्रमुख चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालयमा ढकाललाई बोलाएको स्रोतले बताएको छ। कार्यालयमा पुगेपछि घर भत्काउनुपर्‍यो भन्दै धम्की दिएका प्रमुख चौधरीले थुनेर भागेको ढकालको आरोप छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख  द्वारिकलाल चौधरीले सेवाग्राहीलाई बुधबार कार्यालयमै थुनेका छन्। इटहरी– ४ का यामप्रसाद ढकाललाई आफ्नो कार्यालयमा बोलाएर मेयर चौधरीले थुनिदिएका हुन्। 

National life

प्रमुख चौधरीले सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालयमा ढकाललाई बोलाएको स्रोतले बताएको छ। कार्यालयमा पुगेपछि घर भत्काउनुपर्‍यो भन्दै धम्की दिएका प्रमुख चौधरीले थुनेर भागेको ढकालको आरोप छ। 

आफू घर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिरबाट चुकुल लगाएर नगर प्रमुख चौधरी गाडी चडेर हिँडेको उनले बताए। उनले भने, ‘सात दिन भित्र घर भत्काउने कि थुनेर राखौँ भन्दै मलाई केही घण्टा बाहिरबाट ढोका लगाएर थुनेर राखे।’ 

कांग्रेसद्वारा प्रमुखको कार्यकक्षमा तालाबन्दी
नगर प्रमुख चौधरीले उद्दण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले कार्यकक्षमा तालाबन्दी गरेको छ। प्रमुखसहित उपप्रमुख लक्ष्मी गौतमको कार्यकक्षमा पनि कांग्रेसले तालाबन्दी गरेको हो। 

नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलसहित दर्जनौँ कार्यकर्ता इटहरी उपमहानगरपालिकाको कार्यालय पुगी ढकाललाई उद्धार गरी ढकाललाई परिवारको जिम्मा लगाउनुका साथै प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए। 

Shivam cement

पौडेलले कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको कांग्रेको भनाइ छ। 

प्रकाशित: Aug 11, 2021| 21:09 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।