शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ओरालो लागेको अर्थतन्त्रलाई ‘क्याच’ नगरे मुलुक टाट पल्टिन्छ : एमाले अध्यक्ष ओली

ओरालो लागेको अर्थतन्त्रलाई ‘क्याच’ नगरे मुलुक टाट पल्टिन्छ : एमाले अध्यक्ष ओली

उद्योग प्रायः बन्द रहेका र निर्माण व्यवसाय ध्वस्त भए पनि सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको ओली आरोप।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेकाले रोक्न नसकिए डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने दाबी गरेका छन्।

National life

मंगलबार एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ। तर सत्तापक्षीय उद्योगपतिले एक वर्षमै ४० अर्ब खुद नाफा कमायो। सम्पत्ति बढायो ४० अर्ब’, कांग्रेस सांसद विनोद चौधरीप्रति लक्षित गर्दै ओलीले भने।

अहिले स्थानीय तहमा समपूरक बजेट ५० प्रतिशतभन्दा बढी पठाउन सक्दिनँ भनेर सरकारले लत्तो छाडेको उनले आरोप लगाए। उद्योग प्रायः बन्द रहेका र निर्माण व्यवसाय ध्वस्त भए पनि सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको उनको भनाइ छ।

‘अब डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने देश असफल राष्ट्र बन्ने खतरा हुन्छ। यत्तिकै हाहाहुहु गरेर कुद्ने, २÷४ ढुंगा हानेर हाम फाल्नेहरुलाई देशको के मतलब?’ उनले भने।

मुलुकमा पैसा नभएकै कारण अनौपचारिक माध्यमबाट सामान आयात हुँदा भन्सार राजस्व कम उठेको अध्यक्ष ओलीले दाबी गरे।

प्रकाशित: May 02, 2023| 16:34 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्