बिहीबार, भदौ ४, २०८३

१७ दिनदेखि आमाछोरा बेपत्ता

भारत रोजगारीमा रहेका विक श्रीमती र छोरा हराएको खबर पाएलगत्तै नेपाल फर्किएका छन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

तनहुँ– तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर रहेका छन्। आमाछोरा ३ वैशाखदेखि बेखबर रहेका हुन्।

माइतीघर तथा आफन्तजन, इस्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए।

‘आमाछोराको  खोजीका लागि प्रहरी कार्यालयमा जाहेरी दिएको छु। कुनै खबर नपाउँदा चिन्ता थपिएको छ’, उनले भने।भारत रोजगारीमा रहेका विक श्रीमती र छोरा हराएको खबर पाएलगत्तै नेपाल फर्किएका छन्।

प्रकाशित: May 02, 2023| 15:48 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्