शनिबार, असार २७, २०८३

रहेनन् रवि लामिछानेका ड्राइभर शम्भु

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनस्थित घरको छतबाट खसेर घाइते भएका गाडी चालक दिलबहादुर थापाको मंगलबार निधन भएको छ। 

ललितपुरस्थित मेडिसिटी अस्पतालमा आज उनको निधन भएको हो। वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु भनिने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको सुरुमा भरतपुरमै उपचार गरिएको थियो।

टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रिया गरेपछि वैशाख ५ गते मंगलबार सेनाको हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको थियो।

घटनाबारे अनुसन्धान गरेको प्रहरीले उनी दुर्घटनावश छतबाट खसेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
 

प्रकाशित: May 02, 2023| 15:34 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्