शनिबार, जेठ २, २०८३

चार महिनामै भित्रिए तीन लाख पर्यटक 

कोरोना महामारीपछि नेपाल घुमफिरमा आउने पर्यटकको संख्या सर्वाधिक रहेको बोर्डको तथ्यांक।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– पर्यटन बोर्डले सन् २०२३ को जनवरीदेखि अप्रिलसम्मको चार महिनामै ३ लाख २६ हजार ५२८ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक सार्वजनिक गरेको छ।

National life

बोर्डको तथ्यांकअनुसार जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ पर्यटक हवाईमार्ग हुँदै नेपाल घुमफिरमा आएका हुन्। 

बोर्डका अनुसार कोरोना महामारीपछि सबैभन्दा बढी पर्यटक नेपाल घुमफिरमा आएका हुन्। भारतबाट सबैभन्दा धेरै ३१ हजार ४३७ पर्यटन नेपाल आएका छन्। 

यस्तै, अमेरिकाबाट ८ हजार ४१३, बेलायतबाट ५ हजार ४०९, चीनबाट ४ हजार ७७०, अस्ट्रेलियाबाट ३ हजार २, जर्मनीबाट ३ हजार ३४६, फ्रान्सबाट ३ हजार २११, रुसबाट २ हजार ६७३, बंगलादेशबाट ३ हजार २१७ र थाइल्यान्डबाट ३ हजार १०२ पर्यटन नेपाल आएको बोर्डले जनाएको छ।

सन् २०१९ अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएको तथ्यांक छ। बोर्डको तथ्यांकअनुसार २०२२ अप्रिलमा ६१ हजार ५८९ र २०२१ अप्रिलमा २२ हजार ७३२ पर्यटक नेपाल आएका थिए। २०२० अप्रिलमा १४ जना पर्यटक नेपालमा आएको बोर्डले बताएको छ।

प्रकाशित: May 02, 2023| 15:08 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्