सोमबार, असार २९, २०८३

५३ खर्ब ८१ अर्ब पुग्यो नेपालको अर्थतन्त्रको आकार 

चालू आवमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत पुग्ने राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० मा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुगेको अनुमान छ। राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको हो।

चालू आव समाप्ति हुन अझै २ महिना बाँकी छ। २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.१६ प्रतिशत र आधारभूत मूल्यमा २.१६ प्रतिशत पुग्ने अनुमान कार्यालयको छ।

विभागले तेस्रो त्रैमाससम्मको यथार्थ गणना तथा चौथो त्रैमासिक अनुमानित आर्थिक क्रियाकलापलाई आधारमा मानेर तयार गरेको तथ्यांकले २.१६ प्रतिशतको आर्थिक वृद्धि देखिएको हो। निर्माण र खानी क्षेत्रमा आएको उल्लेख्य गिरावटका कारण समग्र आर्थिक वृद्धिदरमा प्रभाव देखिएको विभागले बताएको छ।

सरकारले बजेटमार्फत चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको थियो। नेपालका मुख्या दाता विश्व बैंक र एसियाली विकास बैंकले ४.१ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेका थिए।

चालू आवको कुल गार्हस्थ उत्पादनमा प्राथमिक क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान विभागको छ। चालू आवमा धानलगायत  बर्खे बालीको उत्पादन बढे पनि हिउँदे बालीका साथै दूध, अण्डा तथा मासु उत्पादनमा भएको सामान्य ह्रासले यस क्षेत्रमा उल्लेखनीय वृद्धि हुन नसकेको विभागले बताएको छ।

प्रकाशित: May 02, 2023| 14:32 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्