शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विद्युत् प्राधिकरणले सित्तैमा पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

विद्युत् प्राधिकरणले सित्तैमा पायो अत्याधुनिक प्रविधियुक्त ट्रान्सफर्मर

प्राधिकरणलाई नेपाल एकरात इन्जिनियरिङ कम्पनीले ५०० केभिए क्षमताका ट्रान्सफर्मर निःशुल्क उपलब्ध गराएको हो। 
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरणमैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ। प्राधिकरणलाई नेपाल एकरात इन्जिनियरिङ कम्पनीले ५०० केभिए क्षमताका ट्रान्सफर्मर निःशुल्क उपलब्ध गराएको हो।

National life

करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ। प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे÷नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ।

कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरे। 

जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री  रहेको छ।

प्राकृतिक तेल प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। 

प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यस्ता ट्रान्सफर्मरबाट विद्युत् आपूर्तिका क्रममा भइरहने विभिन्न खाले दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्नेछ।

प्रकाशित: May 02, 2023| 12:35 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्