शनिबार, जेठ २, २०८३

वर्ल्डलिंक र पब्जी मोबाइलबीच रणनीतिक साझेदारी

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक र पछिल्लो समय निकै लोकप्रिय बनेको मोबाइल गेम पब्जीबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको छ।

National life

काठमाडौंमा आयोजित कार्यक्रमबीच समझदारीमा वर्ल्डलिंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) केशव नेपाल र पब्जी मोबाइल निर्माता कम्पनी टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि वर्ल्डलिंक र पब्जीले नेपालमा यस गेमलाई थप परिस्कृत र खेलाडीहरुले राम्रो अनुभव पाउने वर्ल्डलिंकका सीइओ नेपालले जानकारी दिए।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा नेपाली गेमिङ समुदायको आवश्यकताहरुलाई सम्बोधन गर्नुपर्ने छ। उनीहरुको गेमिङ जोशलाई अझै सशक्तरुपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अघि बढ्नुपर्छ,’ नेपालले भने।

उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङ विकास र विस्तारमा अभुतपूर्व कदम भएको जिकिर दुवै कम्पनीको छ।
टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता शर्माले मोबाइल गेमिङ इकोसिस्टमलाई नै विकास गर्न आफूहरुको नजरमा नेपाल रहेको बताएका छन्।

उनले खेलाडी तथा प्रतिभाहरुले ग्लोबल स्पोर्ट्स इभेन्टहरुमा प्रतिस्पर्धा गरिहेको स्मरण गराउँदै वर्ल्डलिंकसँगको साझेदारीले यसको विकासमा थप मद्दत पुग्ने उनले बताए।

नेपालमा आफूहरु रणनीतिक साझेदारीका साथ वर्ल्डलिंकसँग आबद्ध भएको उनको भनाइ छ। साझेदारीसँगै नेपालका पब्जी खेलाडीहरुको आवश्यकतालाई मध्यनजर गर्दै खेलमा विभिन्न परिवर्तनहरु गर्दै जाने उनले बताए।
 

प्रकाशित: May 02, 2023| 12:29 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्