शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेगवे इलेक्ट्रिक स्कुटरमा पूर्व-पश्चिम यात्रा गर्दा जम्मा खर्च ६५० रुपैयाँ

सेगवे इलेक्ट्रिक स्कुटरमा पूर्व-पश्चिम यात्रा गर्दा जम्मा खर्च ६५० रुपैयाँ

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्र नगरसम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन्।

National life

दुई वटा  ब्याट्री र दुई वटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको कम्पनीले जनाएको छ। 

यो यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

६ रात ७ दिनको यात्राका लागि दुई वटा ब्याट्री र दुई वटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए। उनले सम्पूर्ण यात्राको दौरानमा चार्जिङ खर्च रु ६५० मात्रै खर्चिएका थिए। यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरूमा  वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको कम्पनीले जनाएको छ। यस्तै इन्धनको माग घटाउन प्रोत्साहन दिएको पनि कम्पनीको भनाए छ।

‘सेगवे ई१०० इलेक्ट्रिक स्कुटर मार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्त्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई प्रदर्शन गर्दछ। धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ’, कम्पनीले भनेको छ।  
 

प्रकाशित: May 02, 2023| 12:14 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्