सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चैतमा मात्रै वैदेशिक रोजगारका लागि बिदेसिए ६१ हजार बढी नेपाली

चैतमा मात्रै वैदेशिक रोजगारका लागि बिदेसिए ६१ हजार बढी नेपाली

तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृत गरी ६१ हजार ४७८ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका हुन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं– गत चैतमा मात्रै ६१ हजार बढी नेपाली वैदेशिक रोजगारका लागि बिदेसिएको तथ्र्याक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ।

तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृत गरी ६१ हजार ४ सय ७८ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका हुन्। यीमध्ये ५ हजार १३५ महिला र ५६ हजार ३४३ पुरुष रहेका छन्।

श्रम स्वीकृति लिनेमा सबैभन्दा धेरै धनुषाका छन् भने सबैभन्दा कम रुकुमका रहेको तथ्यांकले देखाएको छ।

विभागका अनुसार ७१९ वटा म्यानपावर कम्पनीले २७ हजार ८५५ जनाको संस्थागत श्रम स्वीकृति लिएका छन् भने ५ हजार ९४८ जनाले व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिएका छन्।

सरकारी प्रक्रिया अर्थात् जी टु जीमार्फत चैतमा १८० महिला र २ हजार ९५ जना पुरुष गरी २ हजा २७५ जनाले दक्षिण कोरिया जान श्रम स्वीकृति लिएका छन्।

तथ्यांकअनुसार २०७९ चैतमा संस्थागत, व्यक्तिगत, जी टु जी प्रक्रिया र पुनः श्रम स्वीकृत गरी ६१ हजार ४७८ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका हुन्।

पुनः श्रम स्वीकृति नवीकरण गर्नेको संख्या २५ हजार ४०० छ। 

वैदेशिक रोजगारमा जानेमा सबैभन्दा धेरै धनुषाका छन्। चैतमा मात्रै वैदेशिक रोजगारमा जान धनुषाका ३ हजार ६८१ जनाले श्रम स्वीकृति लिएका छन्। धनुषापछि दोस्रो नम्बरमा रहेको झापाबाट २ हजार ८२३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

सिराहाबाट २ हजार ५९२, महोत्तरीबाट २ हजार ४७१, मोरङबाट २ हजार ४१२,  रुपन्देहीबाट १ हजार ९३३, सर्लाहीबाट १ हजार ८६९, सुनसरीबाट १ हजार ६०६ जनाले श्रम स्वीकृति लिएको पाइएको छ।

यस्तै, सप्तरीबाट १ हजार ५८१, नवलपरासी पूर्वबाट १ हजार १११, रौतहटबाट १ हजार ७७, स्याङ्जाबाट १ हजार २७३, तनहुँबाट १ हजार २०२ जनाले विदेश रोजगारका लागि श्रम स्वीकृति लिएका छन्।

विभागका अनुसार दाङबाट १ हजार ३७६, चितवनबाट १ हजार ३४१, बाराबाट १ हजार २५ र बाग्लुङबाट १ हजार १८८ जनाले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका छन्। 

सबैभन्दा कम रुकुमबाट ६ जनाले श्रम स्वीकृति लिएका छन्। मनाङबाट १८,  मुस्ताङबाट २१, मुगुबाट ४३, कालिकोटबाट ८७, हुम्लाबाट ३६ र डोल्पाबाट ४४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। 

चैतमा विदेश रोजगारमा जाने ६१ हजार ४७८ श्रमिकमध्ये १४ हजार ३५३ मात्रै अदक्ष रहेका छन्। ४१ हजार ७२९ जना दक्ष श्रमिक र ५ हजार २९३ अर्धदक्ष श्रमिक रहेको विभागको तथ्यांकमा उल्लेख छ।

प्रकाशित: May 02, 2023| 12:03 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्