बिहीबार, भदौ ४, २०८३

किन पक्राउ परे पूर्वगृहमन्त्री बादलका सुरक्षा सल्लाहकार?

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका छन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइदिने भन्दै करोडौं रुपैयाँ असुलेको आरोपमा पक्राउ परेका छन्। उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि उनीहरूले दिएको बयानका आधारमा राईलाई सौखेलस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एसएसपी दानबहादुर कार्कीका अनुसार २०७४ फागुनदेखि २०७८ असारसम्म गृहमन्त्री रहेका बादलका सुरक्षा सल्लाहकार राईले भुटानी शरणार्थी समस्या समाधानमा स्थायी तवरको उपाय पहिल्याइने भन्दै गृह मन्त्रालयबाट नीतिगत असंगत निर्णयहरू गराएको र नक्कली शरणार्थी बन्न जनही बढीमा ५० लाखसम्म पैसा असुल्न मार्गप्रसस्त गरिदिएको बयानमा खुलेको छ। 

प्रहरी परिसर टेकुमा राखिएका राईले समेत विभिन्न चरणमा गरेर पाँच करोड रुपैयाँभन्दा बढी आफूबाट लिएको भनेर पक्राउ परेका गिरोहका सदस्यले बयानमा जनाएका छन्।  

प्रकाशित: May 02, 2023| 11:20 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्