बिहीबार, भदौ ४, २०८३

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- सडक भासिए पछि अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ। १८ घण्टादेखि ठप्प भएको राजमार्ग बिहान १० बजेदेखि खुलेको हो।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। हिजो  दिउँसो ४ बजे धादिङको धार्केमा गणेश खोला पुल नजिकै सडक भासिएपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो।

जैसवारका अनुसार भासिएको भागमा माटोले पुरेर र पर्खाल लगाएर एकतर्फी सडक खुलाइएको हो। साँघुरो ठाउँका कारण सडक मर्मतमा ढिलाइ भएको थियो।  सेना र  सडक विभागका कर्मचारीलगायतको टोली सडक खुलाउन खटिएका छन्।

आज सडक खुले पनि दिनभरजसो नै यो क्षेत्रमा चाप पर्ने सम्भावना छ। सडकको दुईतर्फी नै गाडीको लामो लाइन लागेकाले लामो जाम छ। पृथ्वी राजमार्ग भएर ६८ जिल्लाबाट दैनिक हजारौँ सङ्ख्यामा गाडी र यात्रु आवतजावत गर्ने गरेका छन्। 

प्रकाशित: May 02, 2023| 10:49 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्