धनगढी- कञ्चनपुरमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
जिल्लाको पुनर्वास नगरपालिका–४ कार्कीचोकका ३० वर्षीय गणेश खडका मंगलबार बिहान हत्या आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरायसी विवाद हुँदा सोमबार राति गणेशले आफ्नै ७१ वर्षका बुवा धनबहादुर खड्कामाथि चिर्पट प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले बताए।
उनका अनुसार बुवाको हत्या गरेर भाग्न खोजेका गणेश अहिले प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।