बिहीबार, भदौ ४, २०८३

पूर्वगृहमन्त्री थापाका सल्लाहकार राई पक्राउ

पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- पूर्व गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ल्यौजाने प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेको हो। ललितपुरबाट राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केही साता अगाडी यस प्रकरणमा केशव दुलाल, सानु भण्डारी र सागर राईलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

रामबहादुर थापा बादल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सरकारमा गृहमन्त्री थिए। २०७४ फागुन १४ गतेदेखि २०७८ असार २८ गतेसम्म उनले गृह मन्त्रालय सम्हालेका थिए।

प्रकाशित: May 02, 2023| 10:14 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्