काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ मा रहेको भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ।
गएराति २ बजे बा ६३ प २७२ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६२ वर्षीय बालकृष्ण बुढाथोकीको ज्यान गएको प्रहरीले जनाएको छ। बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
दुर्घटना पछि आक्राेशित स्थानीय बासिन्दाले गएरातिदेखि नै सडक अवरुद्ध पारेका छन्। आन्दोलनका कारण अरनिको राजमार्ग हुँदै बनेपा, कोशीपारी तथा सिन्धुपाल्चोक र दोलखा जिल्लाका विभिन्न ठाउँमा जानेआउने गाडी चल्न सकेका छैनन्।
दुई पाङ्ग्रेसहितका साना गाडी भने बनेपा–नाला हुँदै भक्तपुरको जगातीको बाटोमार्फत् ओहोरदोहोर भइरहेका ट्राफिक प्रहरीले जनाएको छ।