बिहीबार, भदौ ४, २०८३

अबरुद्ध पृथ्वी राजमार्ग अझैँ खुलेन

धादिङको धुनीबेशी नगरपालिका ६ स्थित गणेश खोलामा आएको पहिरोले सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

धादिङ- धादिङको धुनीबेशी नगरपालिका ६ स्थित गणेश खोलामा आएको पहिरोले सोमबारदेखि पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडकखण्ड ठप्प छ। सोमबार करिब ४ बजेर ३० मिनेटदेखि सडक अवरुद्ध भएको प्रहरीको भनाइ छ।

पहिरो गएलगत्तै सोहि स्थानमा धादिङस्थित गणबाट खटिएको नेपाली सेनाको इन्जिनियर टोलीले सडक विभागका कर्मचारीसँग सहकार्य गरि काम गरिरहेको छ। रातभरी करिब १० फिटबाट ग्याविन वायर लगाएर माटो र ढुंगा भर्ने काम गरिरहेको नेपाली सेनाले जनाएको छ। 

अवरुद्ध सडक जतिसक्दो छिटो खुलाउन बिहानैबाट थप सेना परिचालन गरिएको पनि जनाइएको छ। 
 

प्रकाशित: May 02, 2023| 09:01 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्