बिहीबार, भदौ ४, २०८३

मौसममा सुधार कहिलेबाट  हुने?

मंगलबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौं- मंगलबार पनि देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौसम बदली भएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।   

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए। बिहान मौसम बदली रहे पनि अहिले पानी पर्ने सम्भावना छैन। १२/१ बजेपछि काठमाडौंमा क्षणिक वर्षा हुने छ।

आज राति पनि बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका थोरै स्थान र देशका बाँकी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

सोमबारभन्दा तुलनात्मकरूपमा आजैदेखि मौसम केही सुधार हुने मौसमविद् पौडेलले जानकारी दिए। उनका अनुसार बिहीबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने सम्भावना छ। 

प्रकाशित: May 02, 2023| 08:10 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्