बिहीबार, भदौ ४, २०८३

काफल टिप्‍न गएका १८ वर्षीय किशोरको लडेर मृत्यु

काफल टिप्न जंगल गएका एक किशोरको काफलको रुखबाट लडेर मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

पाल्पा- काफल टिप्न जंगल गएका एक किशोरको काफलको रुखबाट लडेर मृत्यु भएको छ।

रैनादेवी छहरा गाउँपालिका–३, भुवनपोखरी छचुवाका मंगल कुमालको छोरा १८ वर्षीय सूर्य कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

आफ्नै घर नजिकको जंगलमा काफल टिप्न गएका कुमाल रुखबाट खसेर घाइते भएको र उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याइएको थियो।

प्रहरीका अनुसार उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2023| 08:00 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्