बिहीबार, भदौ ४, २०८३

लागूऔषधसहित धनगढीबाट दुई जना पक्राउ

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

धनगढी-  धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–७ का २२ वर्षीय प्रकाश राना आइतबार राति पक्राउ परेका हुन्।

सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको संयुक्त टोलीले रानालाई पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–१० जुगेडाबाटै १ सय १० मिलिग्राम लागूऔषधसहित सोहि वडाको रानागाउँ बस्ने १६ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2023| 07:32 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्