बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नर्स मृत्यु प्रकरण: ढकाल बाबुछोराविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी

नर्स मृत्यु प्रकरण: ढकाल बाबुछोराविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी

 |  मंगलबार, वैशाख १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १९, २०८०

काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल र उनका बुबा मुरलीप्रसादविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएको छ। 

प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरूविरुद्ध जाहेरी दर्ता गरेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए। जाहेरी दर्तापछि हिजो बिदा परेकाले पक्राउको अनुमति लिन नपाइएको र आज मङ्गलबार अदालतबाट अनुमति लिइने प्रहरीले तयारी गरेको छ। 

स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ। 
 

प्रकाशित: May 02, 2023| 06:55 मंगलबार, वैशाख १९, २०८०
प्रतिक्रिया दिनुहोस्