शुक्रबार, भदौ ५, २०८३

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव भेटियो

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ। 

मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ यांकोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए। 

प्रकाशित: May 01, 2023| 20:03 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्