बाँके- बाँकेको कोहलपुरमा २० वर्षीया युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। कोहलपुर २ बर्दहवामा २० वर्षीया युवती प्रिती थारु गए राति करिब १२ बजेतिर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
युवती मृत अवस्थामा फेला परेको घटना शंकास्पद रहेको भन्दै प्रहरीले मृतकका श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
मृतकले आत्महत्या गरेको हो कि हत्या नै हो भन्ने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै थाहा हुने कोहलपुर प्रहरीले जनाएको छ।