बिहीबार, भदौ ४, २०८३

थाहा नगरपालिकाका वडाध्यक्षको घरमा दुई सय किलो गाँजा

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङको घरबाट दुई सय दुई केजी गाँजासहित तीन जना पक्राउ परेका छन्।

गाँजासहित उनीहरुलाई घरबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पक्राउ पर्नेमा वडा अध्यक्ष थिङ, भीमलाल थिङ र इन्द्र बहादुर थिङ रहेको कार्कीले बताए। 

लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब निरिक्षक उमेशप्रसाद कोइरीको कमाण्डमा खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रकाशित: May 01, 2023| 18:47 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्