बिहीबार, कात्तिक २७, २०८२

'को-हजबेण्ड' लाई जापानमा १ करोड ३० लाखको पुरस्कार

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ। 

National life

गणेश पाण्डे निर्देशित वृत्तचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (नेपालीमा एक करोड तीस लाख नेपाली रुपैयाँ बराबर)को पुरस्कार हात पारेको हो।

मेहोदो महोत्सवमा १ सय २२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए। अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो। अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए।

निर्देशक पाण्डेलाई आगामी वृत्तचित्रको परियोजनाका लागि यो अवार्ड दिइएको हो। ‘यो रकमले अर्को नयाँ वृत्तचित्र फिल्म दर्शकलाई पस्कन आफूलाई मद्दत मिल्ने पाण्डेले बताए। वृत्तचित्र क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सव उत्कृष्ट पुरस्कार पाएको थियो।

यस अगाडि को–हजबेण्डले अमेरिका, भारत, रसिया, स्लोभाकिया लगायतका देशमा अवार्ड जितिसकेको छ। काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को–हजबेण्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल भएको थियो। 

Laxmi sunrise bank
kumari

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो वृत्तचित्र फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो। घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले वृत्तचित्रको विषय बनाएका हुन्। 

प्रकाशित: May 01, 2023| 17:59 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्