शनिबार, जेठ २, २०८३

घटेर आयो पेट्रोल र डिजेलको मूल्य

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य लिटरमा ४ रुपैयाँभन्दा धेरै घटेर आएको छ।

National life

इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेर आएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ भएअनुसार आइओसीले निगमलाई मूल्यसूची पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भइरहेको छ। त्यसैले नयाँ मूल्यसूची अनुसार तेलको मूल्य घटेर आएको हो।

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो।

प्रकाशित: May 01, 2023| 18:15 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्