बिहीबार, भदौ ४, २०८३

वीरगन्जमा राजावादीले जलाए केपी ओलीको पुत्ला

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं-  वीरगन्जमा राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गर्दै प्रदर्शन पनि गरेका छन्।

वीरगन्जको घण्टाघर चोकमा सोमबार दिउँसो राजवादीहरूले ओलीको पुत्ला दहन गर्दै उनीविरुद्ध नाराबाजी पनि गरेका हुन्। 

ओलीले राजसंस्था र पूर्व राजपरिवारका सदस्य प्रति अपशब्द प्रयोग गरी सार्वजनिक अभिव्यक्ति दिएकाले यसले राजसंस्था प्रति अपमान र दुर्व्यवहार भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन्। 

पूर्वका जिल्लामा भएको कार्यक्रममा गएका बेला आफूमाथि आक्रमणको प्रयास भएपछि एमाले अध्यक्ष ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा उक्त आक्रमणमा पूर्व राजसंस्था र राजपरिवारका व्यक्तिहरूको संलग्नता रहेको अभिव्यक्ति दिएका थिए। 

त्यही अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वीरगन्जमा सोमबार ओलीको पुत्ला जलाएर प्रदर्शन गरिएको हो।
 

प्रकाशित: May 01, 2023| 17:35 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्