बिहीबार, भदौ ४, २०८३

बैतडीमा १९ वर्षीय युवक मृत भेटिए

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

बैतडी- बैतडीमा एक किशोर मृत फेला परेका छन्। सुर्नया गाउँपालिका–६ मोतीनगरमा १९ वर्षीय लक्ष्मण कुँवर मृत फेला परेका हुन्।

सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका कुँवर मोतीनगरमा पसल सञ्चालन गर्दै आएका थिए।

पसलभित्र झुण्डिएको अवस्थामा उनको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
 

प्रकाशित: May 01, 2023| 17:18 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्