बिहीबार, भदौ ४, २०८३

अमेरिकामा अर्को बैंक पनि टाट पल्टियो

 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं- अमेरिकामा दुई महिनाभित्रै तेस्रो बैंक टाट पल्टिएको छ। फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले फर्स्ट रिपब्लिकन बैंक टाट पल्टिएको जनाएको छ। कर्पोरेसनको मध्यस्थतामा जेपी मोर्गनले सो संकटग्रस्त बैंकलाई स्वामित्व ग्रहण गरेको छ।

जेपी मोर्गनले फर्स्ट रिपब्लिकन बैंकको १ खर्ब ७३ अर्ब अमेरिकी डलर कर्जा लगानी, ३० अर्ब बचतपत्रका साथै ९२ अर्ब अमेरिकी डलर बचतको टेकओभर गरेको हो।

जेपी मोर्गन र कर्पोरेसनबीच यसबाट हुने घाटा दुवैले बेहोर्ने पनि सहमति भएको छ। रिपब्लिकन बैंक सन् १९८५ मा स्थापना भएको मध्यमस्तरको बैंक हो।

गत महिनामात्र सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टिएका थिए।
 

प्रकाशित: May 01, 2023| 17:07 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्