सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १६ कम्पनीले धितोपत्र व्यवसायको लाइसेन्स पाउने निश्चित

१६ कम्पनीले धितोपत्र व्यवसायको लाइसेन्स पाउने निश्चित

एलओआई पाएका कम्पनीले तोकिएअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउन सक्नेछन्।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– नेपाल धितोपत्र बोर्डले १६ कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी)को कारोबार गर्ने लाइसेन्सको आशय–पत्र (एलओआई) दिएको गरेको छ।

आज बसेको धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले आवेदन दिएका ४५ मध्ये १६ कम्पनीलाई लाइसेन्सका लागि आशय–पत्र उपलब्ध गराउने निर्णय भएको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताएका हुन्।

एलओआई पाएका कम्पनीले तोकिएअनुसारको पूर्वाधार तयार गरी बोर्डमा आवेदन दिएपछि लाइसेन्स पाउन सक्नेछन्। बोर्डले नबिल सेक्युरिटिजलाई धितोपत्र व्यापारीको लाइसेन्सका लागि आशय–पत्र दिएको छ। मेगा स्टक मार्केटले पनि पूर्ण कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि एलओलाई पाएको छ।

अन्य १४ कम्पनीले सीमित कार्य गर्ने धितोपत्र दलालका लागि एलओआई पाएको बोर्डले बताएको छ। बोर्डले गत २ असोज २०७९ मा धितोपत्र दलाल व्यवसायीको लाइसेन्सका लागि आवेदन मागेको थियो।

आवेदन दिने ३० दिने अवधिमा ४५ कम्पनीको आवेदन परेको थियो। बोर्डले धितोपत्र व्यापारीको लाइसेन्सका लागि न्यूनतम चुक्ता पुँजी डेढ १ अर्ब तोकेको छ। पूर्ण कारोबार गर्ने धितोपत्र दलालका लागि ६० करोड र सीमित कार्य गर्नेका लागि न्यूनतम चुक्ता पुँजी २० करोड तोकेको छ।

प्रकाशित: May 01, 2023| 15:42 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्