शनिबार, जेठ २, २०८३

उद्योगमा विद्युत् कटौतीको विरोध

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारी संरक्षण गराउन प्राधिकरणलगायत निकायसँग संघको आग्रह।
 |  सोमबार, वैशाख १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १८, २०८०

काठमाडौं– सुनसरी–कटहरी क्षेत्रका औद्योगिक करिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार संघले आपत्ति जनाएको छ। 

National life

विगतमा कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, उच्च बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा  जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अति आवश्यक विद्युत् आपूर्तिसमेत असहज हुँदा उद्योग जोखिमपूर्ण अवस्थामा पुगेका छन्।

प्राधिकरणबाट केही महिनायता भइरहेका अपर्याप्त, अनियमित र अनिर्धारित विद्युत् कटौतीबाट समस्याग्रस्त बनेको उद्योग क्षेत्रको नेतृत्व गर्दै प्राधिकरणका प्रादेशिक कार्यालय र ग्रिडमा गई उद्योग क्षेत्रका लागि निर्वाध विद्युत् आपूर्ति गर्न तथा विद्युत् कटौती गर्ने निर्धारित तालिका उपलब्ध गराउन माग गर्दै आएको संघले जनाएको छ।

उद्योगको हकमा सञ्चालित उक्त कार्यकमलगत्तै हाल प्राधिकरणले उद्योगमा क्यापासिटर बैंक नभएको वा सञ्चालन नगरेका उद्योगलाई सामान्य प्राविधिक कारण देखाउँदै लिखित सूचनाबिना मौखिक रूपमा  विद्युत् आपूर्ति कटौती गरिदिनु संघको विरोध कार्यक्रमको प्रतिशोधस्वरुप आएको हो कि  भन्ने प्रश्न उठेको जनाइएको छ।

विद्युत् आपूर्ति सहज गरिदिन, विद्युत् कटौतीको निर्धारित तालिका उपलब्ध गराउन, क्यापासिटर बैंक सञ्चालनमा ल्याउन नसकेका उद्योगलाई उचित समय दिन, संकटग्रस्त उद्योगमा कुनै प्रकारका धम्की/त्रासका वातावरण सिर्जना नगराउन तथा उद्योगमा कार्यरत हजारौं श्रमिकको रोजगारी संरक्षण गराउन प्राधिकरणसहित सम्बन्धित सबैमा संघले आग्रह गरेको छ।

प्रकाशित: May 01, 2023| 13:30 सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्