बझाङ- बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आईतवार साँझ यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको बुझिएको छ। साथै, त्यहाँका अहिले गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए।